बाली, इन्डोनेसिया, १२ मङसिर – इण्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले बालीमा यसको खतरा अझै पनि कायमै रहेको चेतावनी दिएका कारण बालीस्थित एकमात्र विमानस्थल मङ्गलबार पनि खुलेको छैन ।
केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविश्यवाणी गरिएको थियो । त्यसैले मङ्गलबार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखेका बताइएको छ ।
यसअघि इन्डोनेसियाको सरकारले यसको वरिपरि बस्ने करिब एक लाख मानिसलाई सुरक्षित रुपमा अन्यत्र सर्न आग्रह पनि गरिरहेको छ । तर बालीको पनि पहाडी क्षेत्रका मानिसहरु सरिसकेका भने छैनन् ।
बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्हरुले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका छन् ।
अधिकारीहरुले यसरी धुवाँ र खरानी निस्किनु भनेको छिट्टै नै ठूलो मात्रामा विस्फोट हुन सक्ने अनुमान गरिएको जनाएका छन् । सो क्षेत्रमा बस्ने नागरिकलाई सरकारले मास्क वितरण गरिरहेको छ ।
सरकारले सर्वसाधारण नागरिकहरुलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।
ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको छ । यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन ।
खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पुरयाउने बताइन्छ । त्यसैले आज दोस्रो दिन पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने