बाली, इन्डोनेसिया, १२ मङसिर – इण्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले बालीमा यसको खतरा अझै पनि कायमै रहेको चेतावनी दिएका कारण बालीस्थित एकमात्र विमानस्थल मङ्गलबार पनि खुलेको छैन ।
केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविश्यवाणी गरिएको थियो । त्यसैले मङ्गलबार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखेका बताइएको छ ।
यसअघि इन्डोनेसियाको सरकारले यसको वरिपरि बस्ने करिब एक लाख मानिसलाई सुरक्षित रुपमा अन्यत्र सर्न आग्रह पनि गरिरहेको छ । तर बालीको पनि पहाडी क्षेत्रका मानिसहरु सरिसकेका भने छैनन् ।
बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्हरुले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका छन् ।
अधिकारीहरुले यसरी धुवाँ र खरानी निस्किनु भनेको छिट्टै नै ठूलो मात्रामा विस्फोट हुन सक्ने अनुमान गरिएको जनाएका छन् । सो क्षेत्रमा बस्ने नागरिकलाई सरकारले मास्क वितरण गरिरहेको छ ।
सरकारले सर्वसाधारण नागरिकहरुलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।
ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको छ । यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन ।
खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पुरयाउने बताइन्छ । त्यसैले आज दोस्रो दिन पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]