
दोहा, १० मङसिर – कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताउनु भएको छ ।
गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिनुभयो ।
उहाँलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तिब्र आर्थिक बृद्धि भईरहेको समाचार संप्रेषण गरेको छ ।
समाचारमा जनाईए अनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अप्नाएकाले बृद्धिदर तिब्र भएको हो ।
कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ ।
गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताउनु भयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन ।
कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।
नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए ।
ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् । तर सहमती नभएपछि नाकाबन्दी अझै पनि कायमै छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]