हरारे, ९ मङसिर – जिम्बाबेको उच्च अदालतले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ ।
सेनाले अर्का नेतालाई राष्ट्रपतिको रुपमा जिम्मेबारी दिएको भोलीपल्ट अदालतको यस्तो निर्णय सार्वजनिक भएको हो ।
‘पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संबैधानिक नै छ,’ अदालतलाई उद्धृत गर्दै सरकारी संचार माध्यमहरुले समाचार संप्रेषण गरेका छन् ।
जिम्बाबेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै देशभरी सुखीयाली मनाएका थिए ।
जिम्बाबेको सेनाले यही नोभेम्बर १५ तारिखका दिन ९३ बर्षीय तत्कालिन राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिएर मंगलबार राजीनामा गर्न बाध्य पारेको थियो ।
मुगाबेको राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको छ भने नयाँ राष्ट्रपतिको रुपमा अर्का नेता इमेर्सन मनाङ्गाग्वाले जिम्मेबारी सम्हाल्नु भएको थियो ।
उहाँले गत शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ भने जिम्बाबेमा नयाँ युगको सुरुवात भएको धेरैले बताएका छन् ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी