कायरो, १० मङसिर – इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा गत शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणमा परी २७ बालबालिकासहित तीन सयभन्दा बढीको मृत्यु भएको छ ।
यस भयानक आक्रमणपछि इजिप्ट शोकमग्न भएको छ । साथै सर्वसाधारण डर र त्रासले भयभित भएका छन् । यद्यपी सुरक्षामा कडाई गरिएका तापनि सर्वसाधारणमा भय फैलिएको छ ।
यस मानवताविहीन आक्रमणमा परी ३०५ व्यक्तिको मृत्यु भइसकेको छ अन्य १०० भन्दा बढी घाइते भएका छन् ।
आक्रमणको इस्लामिक अतिवादी समूहले जिम्मा लिएका छन् । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सक स्रोतले जानकारी दिएको छ ।
प्रार्थनाका लागि भेला भएका मुस्लिम धर्मावलम्वी ठूलो संख्यालाई लक्षित यो आक्रमण भएको थियो ।
गत चार वर्षयता इस्लामिक स्टेट्स (आईएस) द्वारा भएका घटनामध्ये यो सबैभन्दा ठूलो घटना भएको बताइएको छ ।
इजिप्टमा केही बर्ष यता आइएसका लडाकूले गरेको आतङ्ककारी आक्रमणमा परी सयौँ प्रहरी, सैनिक र आम नागरिकको हत्या भइसकेको छ ।
आक्रमणमा परी शुक्रबार मारिएका र घाइते भएका सबै जना सर्वसाधारण तथा प्रार्थनाका लागि भर्ना भएका व्यक्ति रहेका छन् ।
इजिप्टमा आइएस लडाकू समूहले आम नागरिक र सुरक्षाकर्मीहरूलाई नै लक्षित गरी लगातार आक्रमण गर्दै आइरहेका छन् ।
सरकारी समाचार संस्थाका अनुसार आक्रमणकारीले उत्तरी गाउँ अल रावडामा रहेको मस्जिदमा प्रवेश गरी बम पड्काउनुका साथै गोली प्रहार गरेका थिए ।
आक्रमणकारीले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेको अनुमान गरिएको छ ।
भारतीय प्रधानमन्त्रीद्धारा निन्दा
इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कडा शब्दमा निन्दा गर्नु भएको छ ।
यस आक्रमणमा परी ज्यान गुमाएका नागरिकका परिवारजनलाई मोदीले समवेदना प्रकट गर्नु भएको छ । त्यसैगरी यस घटनामा घाइते भएका व्यक्तिहरुलाई सीघ्र स्वास्थ्य लाभको समेत उहाँले कामना गर्नु भएको उहाँको ट्वीटरमा उल्लेख छ ।
यस दुखद् घडीमा भारतको इजिप्टको साथ रहेको र आतङ्ककारी विरुद्धको लडाईमा भारतको सधै साथ रहने पनि मोदीले बताउनुभएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]