
राष्ट्रपति विद्यादेवी भण्डारी इलामको चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको परिसरमा निर्मित राष्ट्रिय विभूति फाल्गुनन्दको शालिक अनावरण गर्नुहुँदै । तस्बिर – यज्ञराज आङदेम्बे, दमक (झापा), रासस
चुलाचुली, इलाम, १० मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको नवनिर्मित शालिक अनावरण गर्नुभएको छ ।
फाल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वाषिकोत्सव समारोहका अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा महागुरुको उक्त शालिक निर्माण गरिएको हो ।
सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारी इलामको चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर – यज्ञराज आङदेम्बे, दमक(झापा), रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन हुनुपर्ने बताउनुभएको छ ।
स्थानीय चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवको उद्घाटनका अवसरमा नुमाङ्गेना सेवा संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य भएकामा जोड दिनुभयो ।
बहुभाषिक पाठशालाको भौतिक पूर्वाधार र शालिक निर्माणमा स्थानीयवासीले गरेको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको शालिकसमेत अनावरण गर्दै समाजमा शान्ति, एकता र धार्मिक सहिष्णुता कायम राख्न तथा भाषा र लिपिको संरक्षणमा ठूलो योगदान पुरयाउनुभएका महागुरुका असल विचार र भावना लिएर अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।
नुमाङ्गेना सेवा संघका अध्यक्ष डम्बर तुम्बापोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(एमाले)का नेता सुवास नेम्वाङ, नेपाली काँग्रेसका नेता केशव थापालगायतले महागुरू फाल्गुनन्दले समाज सुधारका लागि पुरयाउनुभएको योगदानको चर्चा गर्नुभयो ।
सोह्रौँ राष्ट्रिय विभूति फाल्गुन्दको स्मृतिमा चुलाचुलीमा बहुभाषिक पाठशाला स्थापना गरिएको छ । विसं २०७२ देखि शुरू गरिएको पाठशालामा अहिले ८० बालबालिका अध्ययनरत छन् । किरात लिपिमा पढाइ हुने पाठशालामा स्थानीयवासी सबै जातजातिका बालबालिका निःशुल्क अध्ययनरत रहेको अध्यक्ष तुम्बापोले बताउनुभयो ।
संघले स्थापना गरेर सञ्चालन गर्दै आएको पाठशालामा अबदेखि संस्कृतसहित अन्य भाषाको पनि पढाइ सञ्चालन गरिने लक्ष्य रहेको पाठशालाले जनाएको छ । पाठशालामा किरात लिपि, नेपाली र अंग्रेजीका तीन शिक्षक छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने