काएरो, ८ मङसिर – इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य कम्तीमा १०९ जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त आतंककारी हमला इजिप्टकै इतिहासमा भयंकर मानिएको छ । इजिप्टमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।
शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जिदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ ।
घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।
मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका बेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ ।
घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको सुरक्षा निकायहरुलाई उधृत गर्दै सरकारी अधिकारीहरुले जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा