इश्लामावाद, पाकिस्तान, ६ मङसिर (रासस-सिन्ह्वा)- पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहनुभएकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उहाँमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति माग्नु भएको छ ।
सरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आउनुभएको छ ।
सरीफका वकीलले बुधबार इश्लामावादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाईमा पूर्व प्रधानमन्त्री सरीफलाई अनुपश्थित रहन दिनका लागि गरेको अनुरोधलाई न्यायाधीस मोहम्मद बसीरले सुन्नुभएको तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । सरीफलाई विदेश जाने अनुमति दिनका लागि गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको उल्लेख गरिएको छ ।
पानामेली कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा सरीफ, उहाँकी छोरी र ज्वाँइलाई पदीय मर्यादा विपरित विदेशमा लगानी गरेको भनी भ्रष्टाचार आरोप लगाइएको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानी एक अदालतले प्रधानमन्त्रीमा बस्न अयोग्य ठहर गरपछि पूर्वप्रधानमन्त्री सरीफ पदबाट हट्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा