इश्लामावाद, पाकिस्तान, ६ मङसिर (रासस-सिन्ह्वा)- पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहनुभएकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उहाँमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति माग्नु भएको छ ।
सरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आउनुभएको छ ।
सरीफका वकीलले बुधबार इश्लामावादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाईमा पूर्व प्रधानमन्त्री सरीफलाई अनुपश्थित रहन दिनका लागि गरेको अनुरोधलाई न्यायाधीस मोहम्मद बसीरले सुन्नुभएको तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । सरीफलाई विदेश जाने अनुमति दिनका लागि गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको उल्लेख गरिएको छ ।
पानामेली कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा सरीफ, उहाँकी छोरी र ज्वाँइलाई पदीय मर्यादा विपरित विदेशमा लगानी गरेको भनी भ्रष्टाचार आरोप लगाइएको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानी एक अदालतले प्रधानमन्त्रीमा बस्न अयोग्य ठहर गरपछि पूर्वप्रधानमन्त्री सरीफ पदबाट हट्नुभएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक