सोल, दक्षिण कोरिया, ६ मङसिर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा पुन राखेकोमा बुधबार प्रतिक्रिया दिँदै यसलाई गम्भीर उत्तेजना फैलाउने अभिव्यक्ति भनेको छ । उत्तर कोरियाले अमेरिकाद्वारा भएका यसखालका प्योङयाङ विरोधी अभियाननै आफ्नो मुलुकको आणविक कार्यक्रम विकासका लागि आवश्यक रहेको जनाएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले अधिकारीहरूलाई उद्धृत गरी बुधवार भनेको छ- ‘प्योङयाङको आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको र अमेरिकाले हामीलाई आतङ्कवादलाई सघाउने मुलुकको सूचिमा राख्नु वा नराख्नुले कुनै अर्थ राख्दैन ।’
समाचारमा भनिएको छ, ‘अमेरिकाको उत्तर कोरियालाई आतङ्कवादी गतिविधि सञ्चालन गर्ने मुलुकको सूचीमा राख्ने निर्णय र अमेरिकी विरोध प्योङयाङका लागि आणविक हतियार निर्माण गर्ने बलियो आधार रहेको छ ।’
कोरियाली विज्ञहरूले आफ्नो मुलुकलाई आतङ्कवादलाई सघाउने भन्दै पुनः कालो सूचीमा राख्ने निर्णयले सीमित व्यवहारिक प्रभाव पार्ने तर यसले आणविक हतियार कार्यक्रमलाई स्थगित गर्न समस्या निम्त्याउने बताएका छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक