
हरारे, जिम्बाब्वे, ६ मङसिर (रासस-सिन्ह्वा) – जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन (जेडएएन्यू–पिएफ) ले बुधबारमात्र राजिनामा दिएका राष्ट्रपति रोबर्ट मुगावेलाई लामो समयसम्म अफ्रिकी जनताको पक्षमा रहेर सेवा पुरयाएकोमा उच्च प्रशंसा गरेको छ ।
जेडएएन्यू–पिएफका प्रवक्ता सिमन खाया मोयोले हेराल्ड पत्रिकालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, ‘जिम्बाब्वेका जनताले मुगावे प्रधानमन्त्री तथा राष्ट्रपतिका रूपमा कार्यरत रहँदा यहाँका जनताको स्वतन्त्रताका लागि पुरयाएको योगदान अविश्मरणीय रहेको छ ।
अव उहाँले विश्राम लिनुपर्छ । मलाई लाग्छ हरेक जिम्बाब्वेलीले प्रतिपक्षीले मुगावेलाई सत्ताबाट हटाउन गरेको अभियानमा साथ दिनेछन् ।’
रोबर्ट मुगाबेले जिम्बाब्वेमा झण्डै चार दशक शासन गरी बुधबारदेखि जिम्मेवारीबाट हट्न तयार हुनुभएको छ । अल्पसंख्यक श्वेतहरुको शासनविरुद्धको स्वतन्त्रता युद्धमा जित हात पारेपछि उहाँलाई देश(विदेशमा नायकको सम्मान मिलिको थियो । तर उनले शुरुमा गरेका मेलमिलापका आह्वानले देशको राजनीतिक वातावरण बिग्रिनबाट रोक्न सकेन ।
पूर्व शिक्षक रहेका मुगाबेको कार्यकालको एउटा सबैभन्दा ठूलो सफलता भनेको देशले शिक्षामा हासिल गरेको उपलब्धिलाई लिने गरिन्छ ।
जिम्बाब्वेको साक्षरता दर अफ्रिकाकै बढीमध्ये एक हो र त्यहाँका ८९ प्रतिशत जनसंख्या साक्षर छ ।
बढ्दै गएका आलोचकहरुका लागि उहाँ एकजना राम्रो अध्ययन गरेका अरु अफ्रिकी तानशाह जस्तै स्वभावका चतुर नेताका रूपमा लिने गरिन्छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण