
भरतपुरमा आयोजित चुनावी सभामा गीत गाउँदै पाख्रिन । गीत गाए लगतै उहाँको हृदयघातका कारण निधन भएको थियो । तस्वीर – नारायण अधिकारी चितवन, रासस
रत्ननगर, चितवन, ५ मंसिर- नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनको आज हृदयघातबाट निधन भएको छ ।
संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा आज आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाएपछि अस्वस्थ हुनुभएका पाख्रिनको अपराह्न उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।
चिकित्सकका अनुसार हृदयघातका कारण उहाँको निधन भएको हो । ‘गठबन्धनको कार्यक्रम शुरु हुनु केहीअघि उहाँले एउटा गीत गाउनुभयो, एकैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो’, ज्वाइँ प्रताप गुरुङले भन्नुभयो, ‘तत्कालै २.५५ बजे अस्पताल पुरयाइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेको हो ।’
यसअघि सोही अस्पतालमा पाख्रिनले रक्तचाप र मधुमेहको नियमित उपचार गराउँदै आउनुभएको थियो । पाख्रिनले नै नारायणी सामुदायिक अस्पतालमा जाने भनेपछि उहाँलाई दिउँसो प्रहरीको गाडीमा राखेर अस्पताल पुरयाइएको थियो । उहाँलाई मञ्चबाट डोरयाएर तल ल्याएर गाडीमा राखेपछि एकपटक वान्ता गर्नुभएका पाख्रिनले अस्पतालमा पुगेर पनि एकपटक वान्ता गर्नुभएको थियो ।
चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् । एक छोरा भने द्वन्द्वकालमा शहिद भएका थिए । उहाँको शवलाई अहिले आफ्नै निवास रामपुरमा लगिएको छ । पार्थिव शरिरलाई भोलि बिहान ८ बजे नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय भरतपुरमा श्रद्धाञ्जलिसभाका लागि राखिने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।
सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त