आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १०:४९ | UK Time: 05:04

रियादबाट राजिनामा दिएका लेबनानी प्रधानमन्त्री कायरोतर्फ

रासस-एएफपी
२०७४ मंसिर ५ गते २३:३१

पेरिस, फ्रान्स, ५ मङसिर – सुरक्षाको कारण देखाई साउदी अरबको रियादबाट राजिनामा दिनुभएका लेवनानी प्रधानमन्त्री साद हरिरि स्वदेश फर्किनुपूर्व छिमेकी राष्ट्र इजिप्टको राजधानी काएरोतर्फ जानुभएको पेरिसको विमानस्थल स्रोतले जनाएको छ ।

रियादमा करिब दुई हप्ताको बसाईपछि छलफका लागि फ्रान्स जानुभएको थियो । फ्रान्स लेवनानको निकट सहयोगी मानिन्छ । हरिरिले आफ्नो राजिनामाको कारण निम्तिएको राजनीतिक सङ्कट समाधान गर्न आज स्वदेश फर्किनसक्ने सञ्चारमाध्यमले जनाएका थिए । तर लेवनान जानुपूर्व इजिप्टतर्फ लाग्ने निर्णय लिनुभएको हो ।

इजिप्टमा रहँदा उहाँले राष्ट्रपति अव्देल फतेह अल–सिसीलाई भेटी पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल गर्नुहुने बताइएको छ । हरिरिले यही नोभेम्बर ४ मा दिएको राजिनामालाई लेवनानी राष्ट्रपति मिसेल आउनले स्वीकृत भने गर्नुभएको छैन ।

इजिप्टपछि नेता हरिरि लेवनानको स्वतन्त्रता दिवसका अवसरमा हुने कार्यक्रमहरूमा सहभागी हुनेगरी बुधबारसम्म स्वदेश फर्किने फ्रान्सबाट राष्ट्रपति आउनसँग भएको फोनवार्तामा बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक