बेरुत, लेबनान, २ मङ्सिर (रासस-सिन्ह्वा) – साउदी अरबबाट दुई हप्ता पहिले अकस्मात सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीबाट राजिनामा दिएका नेता हरिरि आगामी बुधबार स्वदेश फर्किने लेवनानी राष्ट्रपति मिसेल आउनको कार्यालयले एक वक्तव्य जारी गरी शनिबार जानकारी गराएको छ ।
वक्तव्यमा भनिएको छ, ‘लेवनानी नेता हरिरिले टेलिफोनमार्फत् लेबनानी स्वतन्त्रता दिवसको समयमा लेवनान आइपुग्ने बताउनुभएको छ ।’
हरिरिले रियादबाट राजिनामा घोषणा गरेपनि उहाँको राजिनामा स्वीकृत गरिएको छैन । हरिरि साउदी अरबबाट शनिबारनै फ्रान्स जानुभएको र फ्रान्स पुगेपछि राष्ट्रपति आउनसँग फोनमा कुरा गर्नुभएको थियो ।
लेबनानी नेताले सभामुखलाई पनि फोन गरेको र लेवनानको स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने बताएको सभामुख नवीह बेरीले बताउनुभयो ।
यसअघि हरिरिले शुक्रबार ट्वीट गर्दै आफूलाई साउदी अरबमा नजरबन्दमा राखिएको ‘हल्ला’ को खण्डन गर्नुभएको थियो ।
उहाँले आफ्नो रियाद बसाई लेवनानको भविष्य र यसको अरब राष्ट्रहरूसँगको सम्बन्धबारे छलफल तथा परामर्शका लागि भएको पनि बताउनुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]