हरारे, जिम्बाब्वे, २ मङ्सिर (रासस-सिन्ह्वा) – जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्य माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ ।
जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो ।
राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन (जिम्बाब्वे नेशनल लिबरेसन वार भेटेरान्स एसोसिएसन)ले राजधानी हरारेमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो ।
ठूलो सङ्ख्यामा प्रदर्शनमा भएको सङ्ख्याले सेनाको कदमलाई जिम्बाब्वेका जनताले अनुमोदन गरेको सहजै अनुमान गर्ने अवस्था देखिएको छ ।
प्रदर्शनकारीले ‘मुगाबेले सत्ता छोड’ र ‘मसगाबे वंशलाई मान्दैनौँ’ लगायतका नारा लगाउँदै चीसो मौसमको प्रवाह नगरी सडकमा सेनाको प्रशंसा गर्दै नाचगान समेत गरेका थिए ।
सडक प्रदर्शनमा ठूलो सङ्ख्यामा भूतपूर्व सेना, सर्वसाधारण, राजनीतिक नेता, नागरिक समाज, परम्परागत जातीय समूहका अगुवाहरू तथा युवाहरूको सहभागीता रहेको थियो ।
सेनाले शासनसत्ता सम्हालेपछि जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट (जेडएएन्यू–पिएफ) ले समेत मुगाबेलाई पदबाट राजिनामा दिन आग्रह गरेको छ ।
जेडएएन्यू–पिएफले यदि ९३ बर्षीय नेताले पदबाट हट्न अस्वीकार गरेमा उहाँलाई दलले फिर्ता बोलाउने बताएको छ ।
जेडएएन्यू–पिएफको १० वटै प्रान्तले मसगाबेको राजिनामा माग्ने बिषयमा सहमति जनाएका छन् । उक्त दलले राष्ट्रपति मसगाबेले गत हप्ता बर्खास्त गरेका पूर्व उपराष्ट्रपति एमरसन माङगाग्वाको पुनर्वहालीका लागिसमेत राष्ट्रपतिलाई दवाव दिएको छ । सत्ताधारी दलले पछिल्लो राजनीतिक घटनाक्रमबारे सेनाले शासनसत्ता हातमा लिएको दुई दिन भित्रै केन्द्रिय समितिको बैठक बोलाई आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजनाबारे छलफल गरेको थियो ।
सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रवार पहिलोपटक उहाँ सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो ।
आफू कुलपति रहेको विश्वविद्यालयको दीक्षान्त समारोहलाई उहाँले सम्बोधन गर्नुभएको थियो । तर उहाँकी पत्नी ग्रेस मुगाबे भने त्यहाँ उपस्थित हुनुभएको थिएन ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?