लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) ले नेपालस्थित बरिष्ठ पत्रकार एवं छहरा साप्ताहिकका सम्पादक तथा प्रकाशक गोपाल छाङछा राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । हाल नेपाल भ्रमणमा रहेका फोनिज यूकेका महासचिब खुशी लिम्बुले काठमाण्डौंस्थित फोनिज केन्द्रको उपस्थितिमा पत्रकार छाङछा स्वयंलाई चालिस हजार रुपैयां हस्तान्तरण गरे ।
उक्त अवसरमा फोनिज केन्द्रका महासचिब गजुरधन राई र किरांत पत्रकार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खालिङ पनि उपस्थित थिए ।
विगत तीन दशकदेखि आदिवासी सवाल र समावेशीताका लागि लगातार कलम चलाउंदै आएका पत्रकार छाङछाले बिभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । उनलाई फोनिज यूकेले पनि गत वर्ष २०१६ का लागि फोनिज यूके बरिष्ठ पत्रकार पुरस्कारबाट सम्मान गरेको थियो ।
बिगत निकै लामो समयदेखि मेरुदण्डको समस्याबाट पीडित पत्रकार राई हाल दैनिक दुई हजार रुपैयांका दरले छ महिनासम्मका लागि थेरापी गराइरहेका छन् । उक्त आर्थिक सहयोगका लागि पत्रकार छाङछाले फोनिज यूकेलाई र संयोजनका लागि फोनिज केन्द्रलाई हार्दिक आभार प्रकट गरेका छन् ।
गत अगस्टमा सम्पन्न दोश्रो अधिबेशनपछि फोनिज यूकेले गरेको यो दोश्रो आर्थिक सहयोग हो । यसअघि अर्का पत्रकार संजय संतोषी राईलाई पनि फोनिज यूकेले आर्थिक सहयोग गरेको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि