लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष कुल आचार्य तथा सोसाइटीका नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) अध्यक्ष पुरन गिरीलाई बधाईसहित सम्मान गरेको छ ।
आइतबार अल्डरसटमा एक कार्यक्रमबीच आचार्य र गिरीलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिइयो ।
सोसाइटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्य, सोसाइटीका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हितकाजी गुरुङ, पूर्व उपाध्यक्ष मिठुलाल बिक, सल्लाहकार यम गुरुङ, उपाध्यक्ष सञ्जीव गुरुङसहित कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले निर्वाचित दुवैलाई खादा ओढाएर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
उक्त सम्मान कार्यक्रममा शिवालय उच्च मावि कुश्मा पर्वत अन्तर्गत रहेका अपांग वालवालिकालाई सहयोग गर्ने सम्पूर्ण पर्वत वासी तथा गैर पर्वतवासी स्वदेशी तथा विदेशीलाई सोसाइटीका अध्यक्ष दधि आचार्यले धन्यवादसहित खादा लगाएर समान गरेका थिए । आचार्यले सहयोगदाता सबैलाई अपांग वालवालिकाको आशिर्वाद लागोस् भन्ने कामना पनि गरे । उनले ति बालबालिकालाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने पुरन गिरी, मिठुलाल बिक, डा. जगन्नाथ शर्मा, चन्दा अभियान संयोजन गर्ने निवर्तमान अध्यक्ष नरजंग गुरुङ तथा समाजका कोषाध्यक्ष नेत्र आले मगरको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष आचार्यले आफूप्रति सम्मान तथा सद्भाव दर्शाएकामा सोसाइटी र अन्य शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै सबैको स्नेह र आत्मीयताले एनआरएन अभियानमा प्रतिवद्ध भएर अगाडि बढ्न थप प्रेरणा मिलेको बताए । उनले आगामी दिनमा पनि संसारभर रहेका गैर आवासीय नेपालीबाट सहयोग र सद्भाव पाइरहने विश्वास व्यक्त गरे ।
पर्वत वेलफेयर सोसाइटी अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष गिरीले मन्तब्य राख्दै संसारभर छरिएर रहेका पर्वतवासीलाई एकै ठाउंमा गोलबन्द गर्दै पर्वत जिल्लासहित देश विकासमा केही गर्ने उद्देश्यले सोसाइटीको आइसीसी गठन भएको जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा सोसाइटीका अध्यक्ष आचार्यले आगामी २१ अप्रिल २०१८ का दिन पर्वत वेलफेयर सोसाइटी यूकेको भेटघाट तथा अंग्रेजी नयां वर्ष २०७५ को शुभ कामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिंदै त्यस दिन कुनै पनि कार्यक्रम नजुधाइदिन आग्रह गरेका थिए । आचार्यले निशुल्क हल तथा खाना उपलब्ध गराउने एम्पायर हल सञ्चालकलाई धन्यवाद समेत दिए ।
तस्विर सौजन्य- मिलन तमु
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट