
ब्रसेल्स, २७ कात्तिक (रासस-सिन्ह्वा) – युरोपेली संघमा आवद्ध भएका विभिन्न २३ देशका रक्षा मन्त्रीहरुले सोमबार एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
देशहरुको सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने उद्देश्यले छुट्टै तर साझा स्थायी संयन्त्र वा संरचना बनाउने सम्बन्धि सम्झौतापत्रमा उनीहरुले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्र हस्ताक्षरपछि युरोपेली संघको विदेश नीति प्रमुख फेडेरिका मोघेरीनीलाई हस्तान्तरण गरिएको छ ।
मोघेरिनीको विदेश मामिला परिषद्ले जारी गरेको वक्तव्यमा दिगो सहकार्य संरचना सम्बन्धि ऐनले संघमा आवद्ध देशहरुको सुरक्षा र रक्षाका विषयमा सम्भव भएसम्म नजिक रहेर संगसगै काम गर्ने कुरामा जोड दिएको उल्लेख छ ।
उनीहरुले सुरक्षा सहकार्यलाई थप बलियो र प्रतिबद्ध बनाउनका लागि यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सुरक्षा सम्वन्धी स्थायी संरचना बनेपछि त्यसले संघका आवद्ध देशहरुलाई सुरक्षा क्षमता बृद्धि, आदानप्रदान गरिएका आयोजनाहरुमा लगानी, सुरक्षा तयारीमा सहयोग, सुरक्षा कारबाहीका लागि तयारीमा सुधार, सुरक्षाकर्मीहरुलाई सहयोग लगायतमा सजिलो हुने अपेक्षा गरिएको छ ।
बेलायतबाहेक, डेनमार्क, पोर्चुगल, इजरायल र माल्टाले पनि सुरक्षा सम्झौतामा सहभागी हुने की नहुने भन्ने बारेमा निर्णय गरेका छैनन् ।
‘हामीले आज युरोपको सुरक्षाका लागि नयाँ अध्ययन शुरु गर्दैछौं’, मोघेरिनीले भन्नुभयो ।
यस्तो संरचना बनाउनका लागि गत जुनमा भएको सम्मेलनमा शीर्ष नेताहरुले युरोपेली परिषद्मा छलफलगरी सहमति जनाएका थिए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने