लन्डन । बेलायतका नेपाली व्यवसायीले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शो आइतबार प्रिन्सेस हल अल्डरसटमा गरिएको छ । शो शुरु हुनु अघि लोकप्रिय कलाकारहरु प्रियंका कार्की, धिरेन शाक्य, प्रदीप खड्का र दीया पुन लिमोजिनबाट उत्रंदा दर्शकहरुले न्यानो स्वागत गरेका थिए । उक्त अवसरमा पाइपर धुन बजाइएको थियो । ‘हयाप्पी डेज’ की मुख्य नायिका प्रियंका प्रिमियरका लागि दुई दिन बेलायत आएकी हुन् ।
प्रिमियर शोमा मुख्य आकर्षण थिइन् प्रियंका । औपचारिक समारोहमा प्रियंकाले दर्शकप्रति आभार व्यक्त गरिन् । नेपाल बाहिर फिल्म निर्माण आफैंमा चुनौतिपूर्ण भएको बताउंदै उनले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी पुग्ने विश्वास व्यक्त गरिन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो, लोकेशनको बिकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत फिल्म रिलिज भएकामा खुशी व्यक्त गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले चलचित्र युनिटलाई बधाइ तथा शुभकामना दिए । उनले ‘हयाप्पी डेज’ बाट मनोरन्जन र सन्देश लिन आग्रह गर्दै नेपाली चलचित्र र कलाकारहरुलाई माया र सम्मान गर्न अनुरोध गरे । नेपाली कलालाई इज्जत र स्नेह, नेपाली संस्कृति, सभ्यता र परम्परा अनि नेपाल र नेपालीलाई माया गरौं भन्दै राजदूतले शो शुभारम्भ गरेका थिए ।
एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले बेलायतका नेपाली व्यवसायले निर्माण गरेको फिल्मको सफलताको शुभकामना दिंदै गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा सधैं साथ दिने प्रतिवद्धता व्यक्त गरे ।
उक्त फिल्मका निर्देशक मिलन चाम्सले सहयोगी सपनकुमार राईसहित सबैप्रति आभार व्यक्त गरे ।
प्रस्तुतकर्ता वी पी खनालले स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु समेटेर ९५ प्रतिशत छायांकन बेलायतमै गरिएको जनाए । उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको दावी निर्माण पक्षको छ । प्रियंका, दयाहाङ राई, सन्जय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ आदि कलाकारले अभिनय गरेको उक्त चलचित्रले आम नेपालीको बेलायत टेक्ने सपना, यहां आइसकेपछि रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ ।
प्रिमियरमा फिल्मका प्रस्तोता तथा निर्माता वी पी खनाल र अन्य निर्माताहरु हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स, डा. अशोक बन्साल लगायत सयौं दर्शक सहभागी थिए ।
‘हयाप्पी डेज’ नेपालमा आगामी माघ १२ देखि प्रदर्शन हुनेछ ।
तस्विरहरु- मिलन तमु
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]