बार्सीलोना, २६ कात्तिक (रासस-एपी ) – स्वतन्त्रता पक्षधर क्याटलोनियाली नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा लाखौँ क्याटलोनियाली जनताले बार्सिलोनामा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।
स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएपछि क्याटलोनियाको क्षेत्रीय संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको र यसै निर्णयलाई अधार बनाई क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो । लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो ।
क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सूर्यास्तका बेला मोबाइल फोनको टर्च बाली विरोध जनाएका थिए । स्पेन सरकारले पक्राउ परेका केही नेताहरुको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश गर्ने तयारी गरेको छ ।
यसैबीच स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले आइतवार बार्सिलोनाको भ्रमण गरी आफू निकट नेताहरूलाई भेट्ने तथा स्थानीय प्रशासनलाई निर्देशन दिने तयारी गर्नुभएको छ ।
मड्रिडको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले निर्वासनका लागि बेल्जियम जानुभयो भने उहाँका उच्च साझेदारहरुमाथि मुद्दा चलाइएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार