हनोइ, भियतनाम, २६ कात्तिक (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप थियो वा थिएन भन्ने बिषयमा आफ्नो अडानबारे थप स्पष्ट पार्ने प्रयास गर्नुभएको छ ।
भियतनामी राष्ट्रपति त्रान दाई कुआङसँग भियतनाममा आइतबार भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले आँफूलाई यस अगाडीका भनाइबाट टाढा राख्दै आफ्नो अमेरिकी गुप्तचर संस्थामाथि विश्वास रहेको जनाउनुभयो ।
शनिबार भियतनामको दा नाङ शहरमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँका अमेरिकी समकक्षीसँगको कुराकानीमा आफ्नो अमेरिकी निर्वाचनमा हस्तक्षेप नरहेको बताउनुभएको थियो । त्यसपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले आँफूले रसियाली नेताको हस्तक्षेप नगरेको भनाइप्रति विश्वास गरेको जनाउनुभएको थियो ।
तर राष्ट्रपति ट्रम्पको पुटिनको पक्षमा आएको भनाइलाई लिएर अमेरिकामा आलोचना भएपछि हिजोको भनाइलाई थप व्याख्या गर्दै आँफू अमेरिकी गुप्तचर निकायको पक्षमा रहेको बताउनुभएको हो । अमेरिकी गुप्तचर निकायले अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप रहेको दावी गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘पुटिन आँफू र रसियाले निर्वाचनमा हस्तक्षेप गरेको महशुस नगरेको मैले पाँए । मैले यस बिषयलाई विश्वास गरौँ वा नगरौँ । म आफ्नो गुप्तचर निकायसँग छु ।’
ट्रम्पले अमेरिकाको रसियासँग मजबुत सम्बन्ध हुँदा यसले विश्वलाई फाइदा पुरयाउने बताउँदै भन्नुभयो, ‘रसिया र चीनजस्ता मुलुकको अमेरिकासँगको सहकार्यले कोरियाली प्रायदीप, सिरिया, यूक्रेन र आतङ्कवाद समस्या समाधान गर्न सहज बन्छ र विश्वले यसबाट फाइदा लिनसक्छ ।’
अमेरिकी राष्ट्रपतिले थप्नुभयो, “मलाई रसियासँग सधैँ तनावपूर्ण सम्बन्ध राख्नुलाई अमेरिकाको गुण मान्ने बिषयप्रति फरक धारण राख्छु र रसियालाई एक मित्रको रूपमा हेर्नुपर्ने लाग्छ ।” ट्रम्पले विश्व समुदायले रसियामाथि धेरै धेरै कडा प्रतिवन्ध लगाएको बिषयलाई नपत्याएको बताउनुभयो ।
‘अव विनासको दिशामा अघि बढेको विश्वलाई सम्वेदनशील बन्दै अघि बढ्ने वेला आएको छ,’ ट्रम्पले भन्नुभयो ।
ट्रम्प भियतनामको दुई दिने भ्रमण सकी दक्षिण पूर्वी एसीयाली राष्ट्रहरूको संगठन (आसियान) को ३१ सौँ शिखर सम्मेलनमा भाग लिन आइतबारनै मनिला जानुभएको छ ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता