बधाई डियर कुल !

लन्डन । आठौं विश्व सम्मेलन सकिएको महिना दिनपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्य आइतबार लन्डनमा अबिर र खादाले फेरि ढाकिए । ब्लु अर्किडस्थित सभा हल, जुन ठाउं युरोप क्षेत्रीय संयोजकको उम्मेदवारी घोषणा गरि दहीको सगुन खाएर आचार्य प्रतिष्पर्धा गर्न नेपाल उंडेका थिए । 
युरोप संयोजकमा उठ्नुअघि साइत जुराएर सगुन खाएकै ठाउंमा उनलाई बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले बधाइ दिंदै सम्मान गरे उपाध्यक्ष पद जितेकामा । कतिपयले त आचार्यलाई केन्द्रिय अध्यक्ष जितेको खुशीयाली पनि उही हलमा गर्न पाइयोस् भन्ने कामना समेत गरे ।

नेपाल ब्रिटेन डटकमको नाममा निम्त्याइएका अतिथीहरुले आचार्यलाई बधाइ दिंदै सम्मान गरेका हुन् । कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष निर्वाचित सोम सापकोटा पनि सम्मानित भए ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्षहरु सूर्य गुरुङ र महेन्द्र कंडेल, एनआरएनए यूके उपाध्यक्षहरु सुशीला राई, शेरबहादुर सुनार र प्रेमगाह मगर, पूर्व महासचिव रामशरण सिम्खडा, सोलिसिटर राजु थापा, सनत गुरुङ, नेपाली साहित्य विकास परिषदका पूर्व अध्यक्ष हरिसिंह थापा, कोशेली संस्थापक अध्यक्ष मदन थापा, प्रकाश न्यौपाने, प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष 
राजेन्द्र पुडासैनी, समाजसेवी कृष्ण तिमल्सेना, तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङ, कृष्ण भट्ट, बिराज भटट्, एनबीसी यूके अध्यक्ष मिलन घिमिरे, पत्रकारहरु खगेन्द्र नेपाली, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, वाचस्पति रेग्मी, शिव भण्डारी, बिपीन निरौला, व्यवसायी कमल पौडेल, पुरन गिरी, एकेन्द्र गुरुङ, दयानिधि सापकोटा, बीरेन खड्का, राजन खकुरेल, विष्णु खरेल, लक्ष्य गुरुङ, दासुराम पाण्डे, विष्णु सापकोटा, शिव कंडेल, नायक ध्रुव दत्त लगायतले आचार्यलाई खादासहित बधाई तथा शुभकामना दिए ।

बेल्जियम, वेष्ट मिडल्याण्ड, नर्वेबाट आएका एनआरएनले पनि आचार्यलाई बधाइ दिए । आचार्य पत्नि सिता पनि कार्यक्रममा सम्मानित भइन् ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष फगामीले आचार्य र सापकोटालाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिए ।

फगामीले आफ्ना केही कमी कमजोरी भए माफी दिन आग्रह गर्दै व्यक्ति होइन संस्थागत विकासका लागि साथ दिन सबैमा आग्रह गरे । उनले पराजित साथीहरुलाई पनि पुरानो तिक्तता बिर्सेर संगै अगाढि बढ्न अनुनय गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष आचार्यले समस्त मतदाता र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरे । उनले एनआरएनए अभियानको १४ वर्षमा ६ पटक निर्वाचित भएको प्रसंग स्मरण गर्दै आफ्नो सबै जित समस्त नेपालीको साथ र सहयोगले मात्र सम्भव भएको बताए । आचार्य उनीहरुप्रति कृतज्ञ थिए । एनआरएनए नयां कार्यसमितिको बैठकमा भाग लिन आफू सोमबार नेपाल जान लागेको अवगत गराउंदै उनले उक्त बैठकले आगामी दुई वर्षको कार्ययोजना तय गर्ने जानकारी दिए ।

आचार्य एनआरएनए यूकेको कार्यसमिति सदस्य, उपाध्यक्ष, अध्यक्ष, युरोप संयोजक हुंदै अहिले केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका हुन् ।

कार्यक्रम संयोजक पण्डित चिरन्जिवी ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा रामशरण सिम्खडाको व्यवस्थापनमा लामो समय प्राध्यापनमा आवद्ध समाजसेवी एकेन्द्र गुरुङको केक काटेर जन्मदिन पनि मनाइयो ।

तस्विरहरु- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री