जेनेभा, २५ कात्तिक (रासस-सिन्ह्वा) – आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ ।
गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या छ लाख नाघेको हो ।
उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थी शिवीरहरु बनाइदिएको छ ।
शुक्रबार जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा आइओएमका प्रवक्ता जोल मिलम्यानले सो जानकारी दिनुभएको हो । उहाँले ती शरणार्थीहरुको अवस्था भने अत्यन्तै कष्टकर रहेको बताउनुभयो ।
निकै साँघुरो ठाउमा उनीहरुलाई राखिएको, आवश्यक मात्रामा आधारभूत आवश्यकताको पनि उनीहरुमा आपूर्ति हुन नसकेको, उनीहरुको संख्या धेरै भएका कारण जनघनत्व बढीहुदा निकै कठिन भएको र सडक र बिजुलीको पनि आवश्यक प्रबन्ध हुन नसकेकोले गर्दा उनीहरुलाई गाह्रो भएको उहाँले बताउनुभयो ।
यसका लागि विश्व समुदायसँग आग्रह भएको भए पनि आवश्यक मात्रामा उनीहरुले सरसहयोग पाउन नसकेको गुनासो पनि उहाँले सो पत्रकार सम्मेलनमा गर्नुभयो ।
बालबालिकाको अवस्था एकदमै टीठलाग्दो देखिएको, उनीहरुलाई पोषणयुक्त खानेकुराहरु नभएको र औषधि उपचारको समेत कमी हुने अवस्था देखिएको पनि उहाँले बतउनुभयो ।
सडकको अभावका कारण आवश्यक सहायता सामाग्री पुर्याउन समेत गाह्रो भएको अनुभव उहाँले पोख्नुभयो । बृद्धबृद्धाहरुले पनि निकै अप्ठेरोगरी जीवन गुजारा गरिरहनु परेको उहाँले बताउनुभयो ।
राष्ट्रसंघको सहयोगमा बालबालिकालाई खोप
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार उक्त शिवीरमा रहेका शरणार्थी बालबालिकाका लागि संयुक्त राष्ट्रसंघ र बंगलादेश सरकारले बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
प्राप्त समाचारअनुसार शरणार्थी बालबालिकाको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको तथा उनीहरुलाई खोप तथा औषधि उपचारको व्यवस्था पनि नरहेकोले बताइएको थियो ।
पछिल्लो समयमा यहाँका बालबालिका निमोनिया र झाडापखालाले ग्रसित भएका समाचार आएको थियो । बालबालिकाको अवस्था सुधारका लागि भन्दै संयुक्त राष्ट्रसंघीय बालकोष र बंगलादेश सरकारले दादुराको खोप दिने व्यवस्था गराएको बताइएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा