दा नाङ, भियतनाम, २४ कात्तिक (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई ‘चामत्कारिक’ सफलता बताउनुभएको छ ।
‘एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत हो र अझै उदीयमान रहेको छ’, उहाँले थप्नुभयो ।
‘एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आजका दिनमा गरेको आर्थिक सुधार चामत्कारिक सफलता हो’, राष्ट्रपति ट्रम्पले मध्य भियतनामको दा नाङ शहरमा भएको एसिया–प्रशान्त आर्थिक सहायता (एपेक) को उच्च अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त धारणा राख्नुभएको हो ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले गरेको आर्थिक सफलताको प्रसंशा गर्दै भन्नुभयो, ‘चीनले विगत केही दशकमा बजारीकरणमा निकै सुधार ल्याएको छ जसका कारण तीब्र आर्थिक प्रगतिको अनुभव र रोजगारका अवसरलाई फैलाउन सफलता मिलेको छ ।’
अमेरिकाको एसिया–प्रशान्त क्षेत्रका मुलुकसँगको भूमिकाबारे बोल्नुहुँदै भन्नुभयो, ‘हामीले यस क्षेत्रका राष्ट्रमाथि बोलवाला सिर्जना गर्ने कल्पना नगरेको तर मित्रता चाहेका हौँ ।’
अमेरिकी राष्ट्रपतिले विश्व वैंक र एसियाली विकास वैँकले उच्च गुणस्तरको आधारभूत संरचनाको निर्माणमा लगानी गर्दै यस क्षेत्रको आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने र यसमा अमेरिकाकातर्फबाट सम्भावित सहयोग रहने बताउनुभयो ।
उहाँले राष्ट्रिय सुरक्षाका लागि आर्थिक सुरक्षा महत्वपूर्ण रहेकोमा जोड दिँदै भन्नुभयो, ‘विश्वले सामना गरिरहेको सुरक्षा, सार्वभौमसत्ता र स्थिरताका लागि अहिले ठूलो चुनौति रहेको छ र विश्व सुरक्षाको चासोका विषयमा सवैको प्रयास जरुरी छ ।’
उहाँले अमेरिकाले यस क्षेत्रका मुलुकसँग नयाँ सम्बन्ध स्थापना गर्न चाहेको र यसको उद्देश्य अमेरिकाको यस क्षेत्रका मुलुकसँगको व्यापारिक सम्बन्धलाई ‘पारस्पारिक न्याय’ का आधारमा मजबुत बनाउने रहेको बताउनुभयो ।
शुक्रबार समाप्त भएको एपेक प्रमुखहरूको सम्मेलनमा विश्वका करिब दुई हजार व्यवसायीले प्रतिनिधित्व गरेका र सम्मेलन क्षेत्रीय आर्थिक विकासका लागि भएको बताइएको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने