बेइजिङ, चीन, २३ कात्तिक (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रताको प्रसंशा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘टोस्ट’ दिँदै भन्नुभयो, ‘हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ ।’
चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा निकै प्रफुल्ल मुद्रामा उपस्थित अमेरिकी राष्ट्रपति र प्रथम महिलालाई गत फेब्रुवरीमा अमेरिकाको फ्लोरिडामा चीनका राष्ट्रपतिलाई गरिएको सम्मानको भिडियो पृष्टभूमिमा देखाइएको थियो ।
त्यसैगरी चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई टोस्ट दिँदै चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताउनुभयो । सो अवसरमा सीले दुई देशले ‘सीमित चुनौति र विकासका लागि अनन्त सम्भावना’ सामना गरिरहेका बताउनुभयो ।
समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भन्नुभयो, ‘चीनसँग व्यापार सम्झौताका बिषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नता निकै साँघुरिएको छ ।’ टिलरसनले राष्ट्रपतिको चीन भ्रमणको दोस्रो अर्थात् अन्तिम दिन अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
यस पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसँग व्यापार घाटा व्यहोर्नूपरेको बताउनुभएको थियो । तर, व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताउनुभयो र भन्नुभयो,’आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसंग फाइदा लिनुलाई खराब भन्न मिल्दैन ।’
यसमा विगतका अमेरिकी प्रशासनहरु नै चीनसँगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको ट्रम्पको दावी थियो । ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न पनि अनुरोध गर्नुभएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण