बेइजिङ, २२ कात्तिक (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्वपूर्ण घटनाका रुपमा विश्वले हेरिरहेको छ ।
राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उहाँ बुधबार अपराह्न चीनको राजधानी बेइजिङ पुग्नुभएको समाचारमा जनाइएको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यस्तै संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । यस हिसाबबाट पनि क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा यी दुई देशले गर्ने सम्झौताहरुको ठूलो प्रभाव रहने छ ।
अमेरिकी राष्ट्रपतिको यो एसिया भ्रमणको मुद्दा विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रम बनेको छ । चीन उत्तर कोरियाको एक प्रमुख सहयोगी राष्ट्र पनि हो ।
यस कारण पनि यी दुई देशका राष्ट्रपतिको वार्तालाप र उत्तर कोरियाका बारेमा उनीहरुले लिने नीतिले विश्व राजनीतिमा ठूलो अर्थ राख्ने विश्लेषकहरुको भनाई छ ।
चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प आज दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । उहाँले एसियाका पाँच देशको १२ दिने भ्रमणका गत आइतबार जापानबाट थाल्नुभएको थियो ।
गत जनवरीमा उहाँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो पटक चीन भ्रमणमा आउनुभएको हो ।
दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुनुहुन्छ ।
उहाँको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा हुनुहुन्छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति ट्रम्पबीच चीनमा विशेष वार्ता हुनेछ । यद्यपि यो वार्ता उहाँहरुबीच पहिलो पटक भने होइन ।
उहाँहरुबीच यो तेस्रो पटक भेटवार्ता हुने भएको हो । उहाँहरुबीच गत अप्रिल महिनामा फ्लोरिडामा भेटवार्ता भएको थियो । त्यसैगरी गत जुलाई मा जि-२० को सम्मेलनका क्रममा ह्याम्बर्गमा भेट भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा