
म्याड्रिड, २० कात्तिक (रासस-सिन्ह्वा) – स्पेनको क्याटलोनियाका पूर्व नेताहरुका बारेमा बेल्जियमका न्यायाधीशले आइतबार गरेको निर्णयलाई स्पेन सरकारले सम्मान गर्ने जनाएको छ ।
बेल्जियम सरकारले कारलस पुज्डमोन सहित अरु चार जनालाई कुनै अनुमतिबिना बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने निर्णय गरेको थियो । उनीहरुलाई स्वदेश फिर्ता गराउनका लागि अदालती प्रक्रिया सुरु भइरहेको पनि अदालतले जनाएको छ ।
राज्यद्रोह र विद्रोहको मुद्दा लगाएर उनीहरुलाई जेल सजाँय दिनु पर्ने स्पेनको अदालतको निर्णय आएको केहीदिनपछि बेल्जियमका न्यायाधीशले यस्तो निर्णय सुनाएका हुन् । एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आइतबार आत्मसमर्पण गरेका थिए ।
स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि त्यहाँका नेताहरु गतहप्ता भागेर बेल्जियम पुगेका थिए । हालै क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनको केन्द्रीय सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो ।
केन्द्र सरकारले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव गर्ने घोषणा गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा