
म्याड्रिड, २० कात्तिक (रासस-सिन्ह्वा) – स्पेनको क्याटलोनियाका पूर्व नेताहरुका बारेमा बेल्जियमका न्यायाधीशले आइतबार गरेको निर्णयलाई स्पेन सरकारले सम्मान गर्ने जनाएको छ ।
बेल्जियम सरकारले कारलस पुज्डमोन सहित अरु चार जनालाई कुनै अनुमतिबिना बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने निर्णय गरेको थियो । उनीहरुलाई स्वदेश फिर्ता गराउनका लागि अदालती प्रक्रिया सुरु भइरहेको पनि अदालतले जनाएको छ ।
राज्यद्रोह र विद्रोहको मुद्दा लगाएर उनीहरुलाई जेल सजाँय दिनु पर्ने स्पेनको अदालतको निर्णय आएको केहीदिनपछि बेल्जियमका न्यायाधीशले यस्तो निर्णय सुनाएका हुन् । एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आइतबार आत्मसमर्पण गरेका थिए ।
स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि त्यहाँका नेताहरु गतहप्ता भागेर बेल्जियम पुगेका थिए । हालै क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनको केन्द्रीय सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो ।
केन्द्र सरकारले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव गर्ने घोषणा गरेको छ ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने