लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा स्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा बीस हजार नगद, ताम्रपत्र र दोसल्ला छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
वि.सं. १९९८ साल मंसीर १९ गते भोटेछाप, तेह्रथुममा जन्मिनुभएका आचार्यले २०१८ तिरबाट कविता लेख्न थाल्नुभएको थियो । उहाँका ‘असमान यी धर्तीका तस्बिरहरू’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तक सङ्ग्रह प्रकाशित छन् । उहाँले ‘छायाँ’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’ जस्ता साहित्यिक संकलन एवं पत्रिकाको सम्पादनसमेत गर्नुभएको छ । उहाँ धरानका वम देवान, कृष्ण पाख्रिनहरुसंग समाज परिवर्तनका लागि साहित्यिक अभियान सन्चालन गर्ने पुराना स्रष्टा हुनुहुन्छ । उहांलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुरयाएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।
यसै गरी वि.सं. २०३६ साल असोज १२ गते तिमालको काभ्रेमा जन्मिनुभएका वलका ‘काजोल खातुन’ कथासंग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासंग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् भने उहांले दुई बृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्रको लेखन तथा निर्देशन गर्नुभएको छ । कविता, कथा, नाटक तथा चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुरयाएवापत स्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. इश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुंद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसक्नुभएको छ । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसक्नुभएको छ ।
बैठकले संस्था स्थापनाको एक दशक पुगेको विशेष अवसरमा भाषा, साहित्य तथा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुरयाएवापत संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमान्चल साहित्य समाज (धनगढी, कैलाली), र स्व. पारसमणि प्रधान शालिक संरक्षण समिति (सिलगुढी, पश्चिम बंगाल, भारत) लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले बताएका छन् ।
यसैबीच शनिबारै सम्पन्न प्रतिष्ठानको तेस्रो सम्मेलनले दीपा लिम्बू राईको अध्यक्षतामा गणेश राई र टंक वनेम उपाध्यक्ष, मिजास तेम्बे महासचिव, नरेश नाति सचिव, अन्जु अन्जली सहसचिव, देवेन्द्र खेरेस कोषाध्यक्ष र चोक गुरुङ सहकोषाध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्मान तथा पुरस्कार जनवरी अन्तिम साता राजधानीमा एक समारोह गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।
हर्मुज सुरक्षित बनाउन सक्रिय बने फ्रान्स–बेलायत
नेपालमा बढे विदेशी पर्यटक, ६ महिनाको अवधिमा ६ लाख २० हजार ४५३ भित्रिए
नेपालमा वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : के के भए उपलब्धि ?
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान