नयाँ दिल्ली, भारत, १८ कात्तिक (रासस-सिन्ह्वा) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’ को संज्ञा दिनुभएको छ ।
उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गर्नुभएको हो ।
भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘यदि तपाईले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।’
‘तपाईँले सरकार मात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाई गर्न जरुरी छ’, भारतीय प्रधानमन्त्रीले भन्नुभयो । हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम छ । सोही सन्दर्भमा उहाँले हिमाञ्चलबासीलाई सम्बोधन गर्न त्यहाँ पुग्नुभएको हो ।
हिमाञ्चल राज्य सरकारमा अहिले कँग्रेसको नेतृत्व छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा