क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश

 

म्याड्रिड, १८ कात्तिक (रासस-एएफपी) – स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिनुभएको छ ।

नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधिशले उनीहरुलाई पक्राउ गर्न आदेश दिनु भएको हो ।

संविधानको उलङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न न्यायाधिशहरुले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।

स्पेनले विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलोनियाका नेताहरु गत हप्ता बेल्जियम गएका छन् ।

क्याटलोनियाका विद्रोही नेता पुईग्डेमोन्टसहित अन्य चार जना पनि अहिले बेल्जियममै रहेको बताएको छ ।

उनीहरुलाई पनि केन्द्रिय सरकारले एक हप्ता अगाडी बर्खास्त गरेको थियो । अदालतले उनीहरुलाई पनि पक्राउ गर्न आदेश दिइएको बताएको छ ।

पक्राउ आदेश आउन भन्दा अगाडी बेल्जियमको एउटा टेलिभिजनलाई शुक्रबार अन्तवार्ता दिदै नेता पुईग्डेमोन्टले स्पेनको अदालतमा राजनीतिकरण भएको बताउनु भएको थियो ।

राजनीतिक प्रभावमा परेको अदालतले निश्पक्ष निर्णय गर्न नसक्ने भएकाले न्यायको सुनिश्चितता नभएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री