म्याड्रिड, १६ कात्तिक (रासस-सिन्ह्वा) – स्पेनको क्याटलोनियाका लागि केन्द्रीय सरकारका प्रतिनिधिहरुले क्याटलोनिया संकट निर्वाचनपछि समाधान हुने दावी गरेका छन् ।
अहिले देखिएको संकट निर्वाचनसँगै अन्त्य हुने उनीहरुले बिहीबार दावी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्पेनको स्वायत्त राज्यको रुपमा रहेको क्याटलोनियाले गत अक्टोबर १ मा जनमत संग्रह गरेको थियो । जुन स्पेनको संविधान अनुसार असंबैधानिक छ ।
जनमत संग्रहबाट तत्कालिन क्षेत्रीय सरकारले स्वतन्त्र राज्य घोषणा गरेपछि त्यसको विरोधमा केन्द्रीय सरकारले अहिले क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको छ । साथै केन्द्रीय सरकारले आउदो डिसेम्बर २१ गते क्षेत्रीय निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
क्याटलोनिया क्षेत्रीय सरकारका पूर्व सदस्यहरुले म्याड्रिड स्थीत अदालतमा उपस्थित भएर विद्रोह, सार्वजनिक सम्पत्तिको दुरुपयोग लगायतका विषयमा लगाइएको आरोपको जवाफ दिएका छन् ।
स्पेन सरकारका प्रतिनिधि इन्रीक मिल्लोले संकट समाधान हुने देखेको बताउनु भएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]