न्युयोर्क हमला आइएसबाट

आक्रमणकारी

वासिङ्टन, १७ कात्तिक (रासस-एएफपी) – अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन आइएसले दाबी गरेको छ ।

अमेरिकी एक सञ्चारमाध्यमले सो जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार सो आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी बिहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेका छन् ।

उनीहरुको प्रकाशन अल–नबा नामक साप्ताहिक छापामा सो जानकारी छापिएको थियो । उक्त साप्ताहिकको पछिल्लो संस्करणमा भनिएको छ– हाम्रा एकजना वीर सैनिकले गएको मङ्गलबार अमेरिकाको म्यानहटनमा आक्रमण गरी केहीलाई कारबाही पनि गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् ।

न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन् । उक्त आक्रमणकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ । हाल उनी प्रहरी अनुसन्धानमा छन् ।

न्यूयोर्कमा सन् २००१, सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा नागरिकले ज्यान गुमाएको यो पहिलो पटक हो ।

न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो ।

सो आतङ्ककारी हमलापछिको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिनुभएको प्रतिक्रियामा उहाँले सो कुराको प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाउनुभएको थियो ।

उहाँले बुधबार गर्नुभएको अर्को ट्वीटमा न्युयोर्कको सो आतङ्ककारीलाई मृत्युदण्डको सजाय दिइनुपर्ने पनि बताउनुभएको छ । उहाँको यस ट्वीटपछि मानवअधिकारवादीहरुको भने कुनै प्रतिक्रिया आएको छैन ।

त्यस्तै उहाँले बुधबार नै सो हमलामा संलग्न व्यक्ति डिभी चिट्ठा प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले सो डिभी प्रणाली पनि खारेज गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री