
लन्डन । लन्डनस्थित उदयीमान गायक सुरेशराज पाठकले नयां लोक पप गीत सार्वजनिक गरेका छन् । उनको नयां गीत ‘ए काली’ गत साता सार्वजनिक भएको हो ।
उक्त गीतका रचनाकार र संगीतकार बिपिन आचार्य हुन् । उक्त गीतको म्यूजिक भिडियो पनि निर्माण भएको छ, जसलाई सुरेश काफ्लेले निर्देशन गरेका छन् ।
गायक पाठक आफ्नो गीत लोकप्रिय हुंदै गएकामा दंग छन् । सबै उमेर समूहलाई केन्द्रित गरेर नयां कमेडी -रोमाण्टिक गीत निकालिएको पाठकले जनाए ।
पाठकको गत वर्ष ‘आउंदै छु’ भन्ने एल्बम रिलिज भएको थियो । ‘आउंदैछु म’… एल्बमको टाइटिल गीतको म्यूजिक भिडियो लन्डन र स्कटल्याण्डमा छायांकन हुंदैछ ।
विगत १५ वर्ष देखि लन्डन बस्दै आएका पाठक संगीत क्षेत्रमा निरन्तर समर्पित भएका छन् । उनी भविष्यमा पनि यही क्षेत्रमा लाग्ने बताउंछन् ।
हेर्नुहोस म्यूजिक भिडियो
https://www.youtube.com/watch?v=wn3O3KqTGrA&feature=share
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय