
लन्डनका गायक पाठकको कालीसंग यस्तो कनेक्सन !
लन्डन । लन्डनस्थित उदयीमान गायक सुरेशराज पाठकले नयां लोक पप गीत सार्वजनिक गरेका छन् । उनको नयां गीत ‘ए काली’ गत साता सार्वजनिक भएको हो ।
उक्त गीतका रचनाकार र संगीतकार बिपिन आचार्य हुन् । उक्त गीतको म्यूजिक भिडियो पनि निर्माण भएको छ, जसलाई सुरेश काफ्लेले निर्देशन गरेका छन् ।
गायक पाठक आफ्नो गीत लोकप्रिय हुंदै गएकामा दंग छन् । सबै उमेर समूहलाई केन्द्रित गरेर नयां कमेडी -रोमाण्टिक गीत निकालिएको पाठकले जनाए ।
पाठकको गत वर्ष ‘आउंदै छु’ भन्ने एल्बम रिलिज भएको थियो । ‘आउंदैछु म’… एल्बमको टाइटिल गीतको म्यूजिक भिडियो लन्डन र स्कटल्याण्डमा छायांकन हुंदैछ ।
विगत १५ वर्ष देखि लन्डन बस्दै आएका पाठक संगीत क्षेत्रमा निरन्तर समर्पित भएका छन् । उनी भविष्यमा पनि यही क्षेत्रमा लाग्ने बताउंछन् ।
हेर्नुहोस म्यूजिक भिडियो
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
फेसबुक