फार्नबोरो । राष्ट्रिय आविस्कार केन्द्रका संयोजक डा. महावीर पुनसंग जीनर्जी र पीपल मोर्गेजले संयुक्त रुपमा अन्तरक्रिया गरेका छन् । गत सोमबार अक्टोबर ३० का दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेण्टमा अन्तरक्रिया भएको हो । कार्यक्रमको सञ्चालन पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङले गरेका थिए भने जीनर्जीका निर्देशक मेगबहादुर गुरुङ र प्रवन्धक छत्र राईले प्रमुख अतिथि पुनलाई खादा लगाइदिएर स्वागत गरेका थिए ।
राष्ट्रिय आविस्कार केन्द्रका संयोजक पुन गत अक्टोबर पहिलो साता बेलायत आएका हुन् । कार्यक्रममा प्रमुख अतिथि डा. पुनले आफू बेलायत आउनुको मुख्य उद्देश्य बेलायतवासी नेपालीहरुलाई नेपालमा राष्ट्रिय आविस्कार केन्द्र स्थापनाको आवश्यकता र उद्देश्यबारे सूचना प्रवाह गर्नु रहेको जनाए ।
‘समाजसेवाबाट मात्र राष्ट्रको सर्वाङीण विकास सम्भव नहुने’ भन्ने सोचका साथ स्थापना भएको ‘राष्ट्रिय आविस्कार केन्द्र’ को लक्ष्य नेपालमा विज्ञान र प्रविधिको विकास प्रतिभाशाली नेपालीहरुबाट नै गर्ने गराउने छ । यसको सुरुवाती लक्ष्य ५० करोड रुपैया संकलन गर्ने र त्यसबाट १० देखि १५ मेगावाटसम्मको जलविद्युत उत्पादन गर्ने छ । सो आयोजनाबाट आउने नियमित आम्दानीले राष्ट्रिय आविस्कार केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्ने केन्द्रको योजना छ ।
कार्यक्रममा पुनले बेलायतवासी नेपालीले इच्छा अनुसार नेपालमा राष्ट्रिय आविस्कार केन्द्रको विकासका लागि आफ्नो समय, ज्ञान र आर्थिक अनुदान दिएर सहयोग गर्न सक्ने बताए । उनले यस महान अभियान र पूण्य कार्यमा साथ दिएर नेपालको विकासका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई एउटा साझा ‘प्लेटफर्म’ को रुपमा सबैले प्रयोग गर्न सक्ने बताए । उनले विशेष गरेर विदेशमा रहेका नेपाली र अझ युवा वर्गलाई प्रेरित गर्ने प्रयास गरे ।
कार्यक्रममा पुनले सहभागीबाट आएका प्रश्नहरुको जवाफ दिएका थिए । पुन नोभेम्बर ६ तारिख नेपाल फर्किने योजना छ । उनले आर्थिक सहयोग गर्न चाहनेलाई बैंकहरुमा नगद जम्मा गरेर भौचरको फोटोसहित [email protected] मा पठाउन अथवा 9841592361 मा आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा जीनर्जीका तर्फबाट तपस चन्द्र गुरुङ, अमित राई, सविना ठकुरी, सृजना लिम्बु, सुवोध गुरुङ, सुवास पुन, सुरज गुरुङ, सुजन गुरुङ, शिशिर गुरुङ, सोनाम तामाङ, विवेग बलाल उपस्थित थिए भने पीपल मोर्गेजबाट कुञ्जाल गुरुङ, सुवास पुन, सुरज गुरुङ, सुजन गुरुङ, शान्ति लिम्बु, सञ्जय बानिया, प्रिया गुरुङ, प्रतिमा गुरुङ, रुपेश गुरुङ गरी तीसभन्दा बढिको सहभागिता थियो ।
कार्यक्रममा हिमालयन ब्याडमिन्टन क्लबका गंगा थापा, कृष्ण गुरुङ र मनिराज पुनले डा. पुन राष्ट्रको सम्पत्ति भएको भन्दै बेलायतस्थित संघसंस्थाहरुले उनीसंग राष्ट्रिय आविस्कार केन्द्रको विषयमा अन्तरक्रिया राख्न इच्छुक भए सम्पर्क गर्न आग्रह गरे ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि