पहिलो पटक पूर्व गोर्खाले पाए रोयल फोटोग्राफिक सोसाइटीको मानार्थ सदस्यता

तस्विर- शिव भण्डारी

लन्डन । पूर्व गोर्खा फोटोग्राफर बिजेन गुरुङले प्रतिष्ठित ‘रोयल फोटोग्राफिक सोसाइटी’ को मानार्थ सदस्यता पाएका छन् । उनी त्यो सदस्यता (लाइसेन्सिएट) पाउने पहिलो नेपाली भएको सोसाइटीले जनाएको छ । स्टिल र मोसन पिक्चरमा व्यवहारिक दक्षता हुने व्यक्तिलाई प्रदान गरिने उक्त सर्टिफिकेट विश्वमै प्रतिष्ठित मानिन्छ ।

गत शनिबार वीन्चेस्टरस्थित गोर्खा म्यूजियममा आयोजित एक समारोहमा बेलायतका लागि  नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गुरुङलाई सोसाइटीका तर्फबाट उक्त सर्टिफिकेट प्रदान गरे । राजदूत डा. सुवेदीले गुरुङलाई बधाइ दिंदै यो उपलव्धि समस्त नेपाली र गोर्खाहरुका लागि पनि भएको बताए । डा. सुवेदीले बेलायत नेपाल सम्वन्ध सुदृढ बनाउन गोर्खाहरुले २०० वर्षदेखि योगदान गरिरहेको बताउंदै पूर्व गोर्खा गुरुङको फोटोग्राफीले नेपालको प्राकृतिक सौन्दर्य विश्वभर उजागर गरेको समेत उल्लेख गरे । राजदूतले गुरुङलाई लन्डनस्थित दूतावासमा आएर फोटो प्रदर्शनी गर अन्य बेलायतीलाई समेत नेपालबारे सुसूचित गराउन आग्रह गरेका थिए ।

‘इच्छा र समर्पणले सफलता मिल्ने रहेछ,’ सर्टिफिकेट पाएपछि प्रसन्न हुंदै गुरुङले भने- ‘यो योग्यता पाउने पहिलो नेपाली हुनुमा मलाई गर्व छ र आफूलाई भाग्यमानी ठानेको छु ।’  

ब्रिगेड अफ गोर्खाजमा २२ वर्ष सेवा गरेका गुरुङ ब्रिटिश सेनामा आफ्नो परिवारबाट पांचौं पुस्ता हुन् । दुवै आंखाको दृष्टि करिब करिब गुमेपछि उनको फोटोग्राफी यात्रा सन् २००४ मा झण्डै रोकिएको थियो । उनी सात वर्ष यस पेशामा आवद्ध हुन सकेनन् । तरभाग्यवश साउथ हयाम्पटन आंखा अस्पतालले शल्यक्रिया गरेर पूर्ण रुपमा दृष्टि दिलाएपछि उनी पुनः यस क्षेत्रमा सक्रिय भएका थिए ।

हङकङचीनयुरोपअमेरिका र मातृभूमि नेपाल भ्रमणका क्रममा सयौं सुन्दर तस्वर आफ्नो क्यामेरामा कैद गरेका उनले हङकङ र बेलायतबाट फोटोग्राफी सम्वन्धि प्रशिक्षण लिएका थिए ।

गुरुङले वीन्चेस्टर फोटोग्राफी सोसाइटीबाट सन् २०१३ मा सम्मान समेत प्राप्त गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री