
स्पेनिस प्रधानमन्त्री म्यारियानो रजोय पत्रकार सम्मेलनमा क्याटालान संसद भंग गरेको जानकारी दिंदै । तस्विर- एएफपी
म्याड्रिड, स्पेन, ११ कात्तिक (रासस-एएफ्पी) – स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ । स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ ।
क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो ।
स्पेनी नागरिकले म्याड्रिडमा स्पेनको एकताका पक्षमा प्रदर्शन गरिरहँदा आएको सरकारको क्याटलोनियामाथि प्रत्यक्ष शासन शुरु भएको औपचारिक घोषणासँगै क्याटलोनियाको विखण्डनको पक्षमा उभिएका क्षेत्रीय नेता कार्लेस पुज्डमोन र उप–नेता अरिअल जङ्करस लगायतका केही अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ ।
केन्द्र सरकारले उप–प्रधानमन्त्री सोराय साएन्ज डे सान्तमारियालाई क्याटलोनिया क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।
स्पेनको केन्द्र सरकारले आफ्नो स्वायत्त राज्यलाई दिएको अधिकारलाई अधिनायकवादी शासक फ्रान्सिस्को फ्रान्कोको सन् १९३९ देखि सन् १९७५ सम्मको शासनकालपछि पहिलो पटक कटाएको हो ।
स्पेनले यसअघि एक अर्को निर्णयमार्फत् क्षेत्रीय प्रहरी प्रमुख जोसेफ लुइस ट्रापेरोलाई विखण्डनकारी नेताको सहयोगी भई काम गरेको आरोपमा बर्खास्त गरेको थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने