
स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि खुशीयाली मनाउंदै जनता । तस्विर- एपी
म्याड्रिड, स्पेन, १० कात्तिक (रासस-सिन्ह्वा) – स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ ।
क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएको गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन् । संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ । दुई सांसद्ले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ ।
सो मतपरिणाम सुनेर क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरे भने मत परिणाम आएसँगै क्याटलोनियाको सेयर बजारमा भारी गिरावट आएको देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच स्वतन्त्रताका पक्षमा क्याटलोनियाली संसदले मतदान गरेपछि प्रतिक्रिया दिँदै स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले सवै स्पेनी नागरिकलाई शान्त रहन आग्रह गर्नुभएको छ । उहाँले क्याटलोनियामा विधिको शासन पुनः स्थापना गरिने बताउनुभएको छ ।
स्वतन्त्रताको पक्षमा गरिएको मतदानले स्पेनमा राजनैतिक संकट थप चर्किने देखिएको छ ।
राजधानी मड्रिडमा प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको अनुमति माग्नुभएको छ ।
उहाँले सिनेटरहरुसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गर्नुभएको छ भने क्याटलान क्षेत्रका नेता कार्लेस पुज्डमोन, उहाँका उपराष्ट्रपति तथा सबै क्षेत्रिय मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रस्ताव समेत गर्नुभएको छ । प्रधानमन्त्रीको मागप्रति सिनेटमा समर्थन रहेको देखिएको छ । राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा ‘कानून, प्रजातन्त्र र स्थायित्व’ फर्काउन आफूले कडा कदम चाल्नु परेको बताउनुभयो ।
स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]