वासिङटन, १० कात्तिक (रासस-सिन्ह्वा) – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ ।
बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उहाँले विश्वास गर्नुभएको छ ।
दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
‘अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेर भन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिका मै हुनेगरेको छ’, उहाँले भन्नुभयो ।
उहाँकी पत्नी प्रथम महिलासमेत सहभागी भएको ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले थप्नुभयो, ‘यो समस्याबाट प्रभावित नभएको कुनै क्षेत्र, कुनै समुदाय नै बाँकी छैन ।’
उहाँले यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउदै नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनु पर्नेमा जोडदिनुभयो । उहाँले संकटकाल घोषणाकाले अव अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइनेछ ।
कार्यबाहक स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विषेश व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिनुभएको अधिकारीले बताएका छन् ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल