वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ कात्तिक (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराउनुभएको छ । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ ।
कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाउनु भएको छ । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उहाँका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताउनुभएको छ- ‘उहाँ एक असल मान्छे हो ।’
अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भन्नुभयो, ‘केही मानिसले उहाँलाई चीनको राजा नै भन्छन् तर उहाँ राष्ट्रपति हो । धेरै राम्रो सम्बन्ध रहेको छ । यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।’
ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ–अनले पनि सि लाई बधाईको सन्देश पठाएको बताएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको चिनियाँ राष्ट्रपति सिलाई बधाई
बेइजिङ, चीन, ९ कात्तिक (रासस-पीटीआई) – भारतीय प्रधानमन्त्रीश नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा वधाई ज्ञापन गर्दै आगामी दिनमा भारत र चीनबीचको सम्बन्धमा थप उचाइमा पुग्ने विश्वास गर्नुभएको छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएकोमा राष्ट्रपति सिलाई बधाई छ’, प्रधानमन्त्री मोदीले ट्वीटरजस्तै चिनियाँ माइक्रोब्लगको अंग्रेजी तथा मन्दारिन दुवै भाषामा सम्प्रेषण भएको सन्देशमा लेखिएको छ ।
सिलाई दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शक्ति प्रदान गर्दै र चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङ र उहाँका उत्तराधिकारी देङ जिआओ पिङको हैसियत दिँदै उहाँको सिद्धान्त र उहाँको नामलाई चिनियाँ संविधानमा उल्लेख गरिएको छ ।
भारतीय प्रधानमन्त्रीको सन्देश सिक्किम क्षेत्रको दोकलाम क्षेत्रमा ७३ दिन लामो तिक्ततापूर्ण सैनिक मनमुटावपछि त्यसपछि उक्त घटनालाई विर्साउन गरिएका कुटनैतिक पहल भइरहेका समयमा आएको छ ।
चीन र भारतको सैन्य फौजबीच गत जुनमा चिनियाँ पक्षले उक्त क्षेत्रमा बाटो निर्माण गर्न थालेको र भारतीय पक्षले यसलाई अघि बढ्न नदिएपछि शुरु भएको थियो ।
विवादलाई दुवै देशको कुटनैतिक पहलमा शान्त पारिएको थियो । दुई नेताबीच ब्रिक्स सम्मेलनको सन्दर्भमा चीनको जियामेन शहरमा भेटवार्ता गरी सम्बन्धलाई सुमधुर बनाउँदै लाने सहमति भएको थियो ।
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका