कान्बेरा, ८ कात्तिक (रासस-सिन्ह्वा) – अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।
सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ ।
वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको पाइएको छ । यो संख्याका आधारमा हेर्दा मृत्यु भएका मध्ये १२ प्रतिशतको मृत्युको पछाडि मुटु रोग देखिएको छ ।
त्यसैगरी दोस्रो मुख्य कारण मनोभ्रंश भएको छ । मनोभ्रंशका कारण ८.३ प्रतिशतको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । वर्षभरी मृत्यु भएका मध्ये ६.६ जनाको मृत्यु भने दिनमागमा रगत जमेर हुने समस्या (सेरेब्रोभास्कुलर) का कारण हुने गरेको पाइएको छ । यो मृत्युको तेस्रो ठूलो कारण देखिएको छ ।
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित