लन्डन । बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैंया आर्थिक सहयोग गरेका छन् ।
गोर्खा प्यालेस रेष्टुरेन्ट, फार्नबोरोका सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले हालै उक्त विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक समक्ष ८ लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।
उनले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेसमा च्यारिटी गरेर १५ लाख रुपैंया पीडितलाई प्रदान गरेका थिए ।
उक्त रेष्टुरेन्टले १८ औं वार्षिकोत्सवसम्म आइपुग्दा च्यारिटी गरेर करिब ६५ लाख रुपैयां विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि