लन्डन । बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैंया आर्थिक सहयोग गरेका छन् ।
गोर्खा प्यालेस रेष्टुरेन्ट, फार्नबोरोका सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले हालै उक्त विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक समक्ष ८ लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।
उनले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेसमा च्यारिटी गरेर १५ लाख रुपैंया पीडितलाई प्रदान गरेका थिए ।
उक्त रेष्टुरेन्टले १८ औं वार्षिकोत्सवसम्म आइपुग्दा च्यारिटी गरेर करिब ६५ लाख रुपैयां विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण