बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: १५:३० | UK Time: 09:45

लन्डन सफारी सिनेमा हलमा २ रुपैयां

वीनेपाली
२०७४ कार्तिक ८ गते २०:२६

लन्डन । अहिले सर्वाधिक बज्ने कुटुमा कुटु…गीत समावेश भएको नेपाली चलचित्र ‘२ रुपैयां’ लन्डन सफारी सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । आउंदो आइतबार (२९ अक्टोबर) दिउसो एक बजे फिल्म प्रदर्शन गरिने आयोजक ३२ बक्स लिमिटेडका प्रशान्त थापाले जानकारी दिए । ३२ बक्स लिमिटेड र जि ९ इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा उक्त चलचित्र बेलायत ल्याएका हुन् ।

असिम शाहको निर्देशनमा बनेको उक्त चलचित्रमा निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रबिन्द्र झा, राजन इसान, प्रतीकराज न्यौपाने, टिका पहारी लगायत कलाकारको प्रमुख भूमिका छ ।

उक्त फिल्म यसअघि अल्डरसट, एबरडिन, फोकस्टन केन्ट, मेडस्टोन, ब्रामकोट, क्याट्रिक, ग्रेज, योर्क लगायत शहरमा प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक