लन्डन । इलिट इन्टरटेनमेन्ट यूके नेपालले बेलायतमा चर्चित हांस्यकलाकार जितु नेपाल (मुन्द्रे) का साथ नेपाल आइडल उत्कृष्ट प्रतिभाहरु सम्मिलित सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
पहिलो फ्रेन्चाइज रियालिटी शो नेपाल आइडलका प्रतिष्पर्धीमध्ये टप ६ सुरज थापा, टप ८ केन्जल मेहर श्रेष्ठ तथा कलाकार मुन्द्रे एवं गायक गायिका पवन रानामगर र तृष्णा गुरुङको सहभागितामा अल्डरसट, फोकस्टन र ग्रीनफोर्ड लन्डनमा कार्यक्रम हुन लागेको इलिटका इन्द्र घोतानेले जानकारी दिए ।
आगामी १० नोभेम्बर शुक्रबार फोकस्टन केन्टको हकिन्ज कम्युनिटी सेन्टर, ११ नोभेम्बरका दिन शनिबार ग्रीनफोर्ड टाउन हल लन्डन र १२ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुने आयोजकले बताएका छन् ।
कार्यक्रम आयोजना इलिट ग्रुपका तर्फबाट इन्द्र घोताने, हेम गुरुङ, निरा पिजी, मनोज गुरुङ र चित्र थापा (लाटो मगर) ले गर्न लागेका हुन् । आयोजकमध्ये एक युवा नेता तथा समाजसेवी हेम गुरुङले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् ।
नोभेम्बर महिना बेलायत नेपाली कलाकारहरुको उपस्थितिले नेपालमय बन्ने भएको छ । नोभेम्बर पहिलो साताबाट नेपाल आइडल विजेताहरुको पनि विभिन्न शो हुंदैछ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन