बेइजिङ, ८ कात्तिक (रासस-एएफपी) – चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ ।
राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो ।
सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो ।
चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उहाँलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो ।
सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो ।
गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उहाँ एकपछि अर्को गरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए ।
उक्त महाधिवेशले राष्ट्रपति जिनपिङको नाम तथा उहाँको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो । जसका कारण उहाँ चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ ।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गर्नुभएको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ ।
उहाँले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराउनुभएको थियो ।
उहाँले पत्रकार सम्मेलनमा नै आफूले आगामी पाँच बर्षमा गर्ने कार्यक्रमहरुको बारेमा पनि सो पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको थियो ।
उहाँले सो पत्रकार सम्मेलन गरिरहँदा उहाँको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका छ जना पोलिटब्युरो सदस्य पनि रहनुभएको थियो ।
उहाँहरुले पनि आगामी पाँच बर्षमा आफूहरुले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने