लन्डन । देश विदेशमा अत्यधिक रुचाइएको पहिलो रियालिटी शो ‘नेपाल आइडल ०१७’ का विजेताहरु पहिलो पटक बेलायत आउने निश्चित भएको छ । नोभेम्बर पहिलो साताबाट बेलायतका विभिन्न ५ शहरमा हुने लाइभ कन्सर्टमा आफ्नो कला देखाउन उनीहरुको भिजा लागिसकेको आयोजकले जनाएका छन् ।
सोमबार सांझ लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजकहरुले अक्टोबर ३० मा नेपाल आइडलका विजेताहरु बुद्ध लामा (नेपाल आइडल), निसान भट्टराई र प्रताप दास एवं टप टेनभित्रकी प्रमिला राई बेलायत आउन लागेको जानकारी दिए ।
नेपाल आइडल विजेताको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । त्यसैगरि, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजकमध्ये एक मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले जनाए । मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले बेलायतमा नेपाल आइडल ल्याउन लागेका हुन् । हयारो लिजरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई र प्लमस्टेड शो दीपक थापाले आयोजना तथा व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन् ।
वीकडेज शो सांझ ६.३० र वीकेन्ड शो सांझ ५ बजे हुनेछ भने टिकट ढोकामा खरिद गरे २५ पाउण्ड र एडभान्स बुकिङमा २० पाउण्ड हुने जनाइएको छ । दश वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश र १० देखि १५ वर्षभित्रकालाई टिकट शुल्क १५ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।
पत्रकार सम्मेलनमा मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले नेपाल आइडलकै सरहको गुणस्तरिय शो बेलायतमा पनि गरिने जनाए । देश विदेशका लाखौं श्रोता दर्शकले नेपाल आइडल विजेताको प्रस्तुति टेलिभिजनबाट हेरेपनि बेलायतवासी नेपालीलाई विजेताहरुसंग प्रत्यक्ष साक्षात्कार गराउने आफूहरुको उद्देश्य रहेको गिरीले बताए । नेपाल आइडलमार्फत नयां प्रतिभालाई प्लेटफर्म र नेपाली संगीत अन्तर्राष्ट्रियस्तरमा पुगेको बताउंदै गिरीले समस्त बेलायतवासी नेपालीलाई शो हेरिदिन आग्रह गरेका छन् । ‘बेलायतका हजारौं नेपालीले नेपाल आइडल बनाउन आफ्नो समय र पैसा खर्चनुभयो । अहिले उनीहरु आफ्नै शहरमा आउंदा हामीलाई साथ र कलाकारलाई हौसला दिनुहुने आशा छ’, गिरीले भने ।
पत्रकार सम्मेलनमा नेपाल आइडल लाइभ इन यूकेका सह आयोजकहरु उमेशराज मोक्तान, सपनकुमार राई र दीपक थापाले कार्यक्रममा कुनै ‘कम्प्रमाइज’ नगरिने विश्वास दिलाए । ब्यानरको सट्टा स्क्रिनमा लाइभ प्रोजेक्सनसहित लाइभ म्यूजिक र भिआइपीलाई बेग्लै सिट प्लान गर्ने सोच आयोजकको छ । साउण्ड सिस्टमको जिम्मा अनुभवी हेम विष्टलाई दिइएको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु