
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सञ्चालन भएको गस्ती अभ्यासमा सहभागी नेपाली सैनिक टोली । तस्बिर – सौजन्य–नेपाली सेना, रासस
लन्डन । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रीयन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त अभ्यास असोज २७ देखि आजसम्म सञ्चालन भएको थियो ।
उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन हुने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षतालाई मूल्यांकन गरिने नेपाली सेनाले जनाएको छ ।
अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री बोकेर ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ ।
सो क्रममा सहभागी टोलीको लडाईंको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कताको परीक्षण हुने सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त अभ्यासमा नेपालसहित २८ देशका १३९ सैन्य टोलीको सहभागिता रहेको थियो । नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो ।
प्रतिस्पर्धात्मक उक्त अभ्यासमा भाग लिने अन्य राष्ट्रका करिब ३३ प्रतिशत सहभागीले सो अभ्यास पूरा गर्न नसकेको नेपाली सेनाले जनाएको छ ।
व्यावसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्नसक्ने अभ्यासमा अब्बल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा