टोकियो, जापान, ५ कात्तिक (रासस) -तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपाली एकत्रित भएर टीका थापेका छन् ।
दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहांका नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् ।
टोकियोका धेरै स्थानमा समूह बनाएर सामूहिकरुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउन हालैका दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरेनन् । हरेकका हातमा हुने मोबाइल पनि नबजाएका उनीहरुले परम्परागत महत्व झल्काउन एकापसमा को कहाबाट आएको र के जात हो भनेर कसैले सोधेनन् । जानेको नेपाली कला संस्कार प्रस्तुत गरी देशमा दिगो शान्तिको कामना गरेका छन् ।
एकताको सन्देश दिन नचिनेको र टाढाको सम्बन्धलाई एकापसमा टीका लगाएर नजिक बनाउने प्रयास गरिएको योपटकको भाइटीका साइत अबेर भएकाले धेरैले जापानी समयअनुसार ३ बजेपछि लगाए । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया, फुकुओकालगायतका स्थानका नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभकार्यलाई जापानी समयअनुसार ३ बजेर ५ मिनेटमा टीका लगाएका हुन् ।
कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको र देउसी भैलोमा प्राप्त गरेको दक्षिणासहितका दृष्य सामाजिक सञ्जालमा अपलोड गरेका थिए । कुकुरलाई माला लगाएर तिहार भित्रयाएका यहांका नेपालीले नेपालमा जस्तै सेलरोटी, फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र मादल, गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा जापानी नागरिक उत्साहित भएका थिए ।
तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी पनि किन्न पुगेका दृष्य अनौठा थिए । शुक्रबार चितवन समाजले टोकियोको सिनओकुबोमा शुरु भएको देउसी भैलो कार्यक्रममा बाक्लो उपस्थिति थियो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न