प्योङयाङ, २ कात्तिक (रासस-सिन्ह्वा) – उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको समाचार छ ।
यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन् ।
अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाई एक किसीमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।
बुधबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’ का प्रवक्ताले सो जानकारी दिएका छन् । उनले उक्त विज्ञप्तिमा भनेका छन्- ‘यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन् ।’
सो विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति भन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएका छन् ।
यी दुई देशले सञ्चालन गरेको यो सैन्य अभ्यास उनीहरुको इतिहासमा सबैभन्दा ठूलो सङ्ख्याको रहेको बताइएको छ । तर कतिजना सेना वा के कस्तो सैन्य प्रदर्शनी त्यहाँ भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन ।
उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ । सो परीक्षणमा शक्तिशाली हाइड्रोजन बम पनि परेकोले विश्वले नै यसको विरोध गरेका छन् ।
उक्त सैन्य अभ्यास उत्तर कोरियाको सो आणविक परीक्षण पछि आएकोले यसले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा