इस्लामाबाद, २ कात्तिक (रासस-एएफपी) – अदालतबाट बर्खास्तीमा पर्नु भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ ।
पानामा पेपर प्रकरणमा पर्नुभएका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने, ‘नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धि विवादमा दोषी ठहर गरिएको हो ।’
दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्विकार गर्नुभएको छ । उहाँ अदालतको फैसला निराधार रहेको पनि बताउनु भएको छ ।
‘अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पूर्वाग्रही फैसला हामी मान्दैनौं’, उहाँले भन्नुभयो ।
भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो ।
पाकिस्तानको ७० बर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पुरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५औ प्रधानमन्त्री हो ।
उहाँ र उहाँको परिवारले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अप्नाएको, लण्डनमा अकुत सम्पत्ति संकलन गरेको लगायतको विवरण सहितको समाचार गत बर्ष पानामा पेपरले सार्वजनिक गरेको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी