इष्ट लन्डनमा अनेसासको १०९ औं देवकोटा जयन्ती

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले १५ अक्टोबर २०१७ का दिन पहिलो पटक इष्ट लन्डनमा १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती मनाएको छ ।

फान्सावे कम्युनिटी सेन्टर, डेगेनहाममा आयोजित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सुमलकुमार गुरुङले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी अनेसास केन्द्रिय उपाध्यक्ष डा. रुपक श्रेष्ठले महाकविको जीवनीबारे प्रकाश पारे । प्रमुख अतिथीले द्वीप प्रज्वलन र महाकविको तस्विरमा पुष्पगुच्छा अर्पण गरे पश्चात सहभागी सबैले श्रद्धासुमन चढाएका थिए । समारोहको खुसीयालीमा प्रमुख अतिथि र सभाध्यक्षले संयुक्त रुपमा केक काटेर कार्यक्रम प्रारम्भ गरेका थिए ।

समारोहका विशेष अतिथि नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका गणेश 
राई र अन्य अतिथिहरुमा इष्ट लन्डन गोर्खा कम्युनिटीका अध्यक्ष मिमकाजी गुरुङ, गोर्खा कम्युनिटी इष्ट लन्डनकी महिला अध्यक्ष ललिता चोङबाङ र विश्व नेपाली साहित्य महासंघ साउथका अध्यक्ष विजय हितान रहेका थिए ।

कार्यक्रम संयोजन गरेकी थिइन् समाजकी उपाध्यक्ष लक्ष्मी राई (लारा) ले । इष्ट लन्डन गोर्खा कम्युनिटीका कार्यकारी समितिका पदाधिकारी, सदस्यहरु र पूर्वी लन्डन, नेपाली पाठशालासंग आवद्ध व्यक्तित्वहरूको सहयोगमा कार्यक्रम सफल भएको आयोजकको ठहर छ । समारोहको 
औपचारिक कार्यक्रम सञ्चालन महासचिव सन्तोष कार्कीले गरेका थिए भने बांकी उपाध्यक्ष लारा र नेपाली पाठशालाकी शिक्षिका बिना प्रधानले सञ्चालन गरेका थिए ।

पाठशालाका विद्यार्थीबाट नेपाली राष्ट्रिय गान गाउंदा कार्यक्रमको रोचकता र गरिमा बढेको थियो । प्रवासमा स साना बालबालिकालाई नेपाल र नेपालीको गौरव बढाउने राष्ट्रगान गाउंदा सहभागी मन्त्रमुग्ध भएका थिए । लियोन गुरुङ, रिजान श्रेष्ठ, तिशा राजबाघ, रितु राजबाघ, प्रिजा गुरुङ, अनुशा गुरुङ, प्रशाप लिम्बु, सफल बैद्य, सयन हमालले राष्ट्रिय गान गाए । त्यसैगरि सुमलकुमार गुरुङ, डा. रुपक श्रेष्ठ, गणेश राई, विजय हितान, लारा, रेखा खरेल, राज श्रेष्ठ, सन्तोष कार्की, सांगे लामा गुरुङ, बिरु मुकारुङ, मोहन आचार्य, सारादेवी गुरुङ, संजिता देउजा र दिपक थापाले आफ्ना रचना वाचन गरे ।

स्थानीय गायक दिपक थापाले मुनामदन काव्यबाट नारायण गोपालले गाएका सुमधुर गीत गाएर समारोहमा रौनक थपेका थिए । इष्ट लण्डन गोर्खा कम्युनिटीका अध्यक्ष मिमकाजी गुरुङले कार्यक्रम भएकामा प्रशंसा गर्दै अनेसासले इष्ट लन्डनमा पहिलोचोटी भव्य कार्यक्रम गरेकामा सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष सुमलकुमार गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री