
काठमाडौँ, ३० असोज – भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ५८ हजार ६५६ घरको निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार, निर्माणाधीन घरको सङ्ख्या एक लाख ४२ हजार ८६३ रहेका छन् ।
निजी आवास पुनःनिर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको सङ्ख्या दुई लाख एक हजार ५१९ पुगेको छ ।
दशैँ–तिहारका कारण निर्माण सम्पन्न र निर्माणाधीन घरको सङ्ख्या प्राधिकरणको सूचना प्रणालीमा समाविष्ट हुन बाँकी रहेका कारण यो तथ्याङ्क अझै बढ्ने प्राधिकरणका इञ्जिनियर प्रवीण आचार्यले जानकारी दिनुभयो ।
प्राधिकरणले निजी आवास अनुदानका लागि समय सीमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तीव्र भएको छ । ‘जिल्लास्थित कार्यालय, जिल्ला कार्यान्वयन एकाई र स्थलगत अध्ययनबाट आगामी पुस मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको सङ्ख्या तीन लाख ५० हजार पुग्ने देखिएको छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको पछिल्लो बैठकको निर्णयानुसार प्राधिकरणले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पुस समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ । अहिलेसम्म प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै १८ हजार ८७२ घर निर्माणाधीन अवस्थामा छन् भने छ हजार १७५ घर निर्माण सम्पन्न भइसकेका छन् ।
जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ । तिहारपछि उक्त तथ्याङ्क सूचना प्रणालीमा दर्ता भएपछि यो सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने प्राधिकरणले जनाएको छ ।
समन्वय अभावका कारण किस्ता वितरणमा ढिलाइ
लाभग्राहीलाई घर निर्माणका लागि रकम अभाव नहोस् भनी प्राधिकरणले अग्रिम रुपमा बजेट जिल्ला पठाए पनि कोष तथा लेखा नियन्त्रक कार्यालय र बैंकहरुको समन्वयको अभावमा अनुदान रकम वितरणमा तीव्रता आउन सकेको छैन ।
प्राधिकरणले रु ५३ अर्ब बजेट अनुदान किस्ता वितरणका लागि भूकम्प प्रभावित जिल्लामा पठाएको छ । प्रक्रियागत झञ्झट र जिल्लास्थित निकाय बीचको आपसी समन्वयमा देखिएको कमजोरीका कारण रकम वितरणमा ढिलाइ भएको हो । प्राधिकरणले नतिजामुखी भएर लाभग्राहीलाई जतिसक्दो छिटो अनुदान किस्ता वितरण गर्न जिल्लाका सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ता पाउनका लागि एक लाख चार हजार ७४२ लाभग्राहीले निवेदन दिएका छन् । यसमध्ये ९३ हजार ३०५ लाभग्राहीको निवेदन प्रमाणीकरण भइसकेको इञ्जिनियर आचार्यले बताउनुभयो ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा