मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: २०:५१ | UK Time: 15:06

मोगादिशु बिष्फोटमा मृत्यु हुनेको सङ्ख्या २३९

वीनेपाली
२०७४ असोज २९ गते २१:२२

तस्विर- एएफपी

मोगादिसु, २८ असोज (रासस-एएफ्पी)- सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको बिष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २३९ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । एएफ्पीलाई प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३०० जना घाइते भएका छन् ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा छ । घट्नामा कम्तीमा ५ सय मारिएको अनुमान छ । सयौं किलो विष्फोटक पदार्थ भरिएको ट्रक विष्फोट गराउंदा दशकौं यताकै सबैभन्दा ठूलो हताहती भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बिष्फोटको आइतबारसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

सोमालिया सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ । देशका रक्षामन्त्री र सेना प्रमुखले राजिनामा दिएको ४८ घण्टा बीचमा उक्त आतंककारी घट्ना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक